Oct 28 2026 | २०८३ कार्तिक १२ गते

फूलपाती

आज नवरात्रको सातौं दिन, फूलपाती भित्र्याइँदै

आज नवरात्रको सातौं दिन, फूलपाती भित्र्याइँदै

शनिवार, कार्तिक १ २०८३
  • नवरात्रको सातौँ दिन आज फूलपाती भित्र्याइँदै

    काठमाडौं । बडादसैँको सातौँ दिन आज देशभर श्रद्धापूर्वक फूलपाती भित्र्याइँदैछ। आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपातीलाई दसैँको महत्वपूर्ण दिनका रूपमा लिइन्छ।

    images

    आज घरघरमा रहेका दसैँघर तथा पूजाकोठामा फूलपाती भित्र्याएर विधिपूर्वक पूजा–आराधना गरिँदैछ। नवरात्रको सातौँ दिन देवी कालरात्रिको पूजा गर्ने परम्परा रहेको छ। फूलपातीलाई शक्ति, समृद्धि, सुख–शान्ति र मंगलको प्रतीकका रूपमा लिइन्छ।

    परम्पराअनुसार गोरखा दरबारबाट ल्याइएको फूलपातीलाई काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा विशेष समारोहका साथ भित्र्याउने गरिन्छ। फूलपातीमा विभिन्न नौ प्रकारका वनस्पति तथा फलफूल समावेश गरिने परम्परा छ। 

    फूलपाती भित्र्याएसँगै नेपालीको महान् पर्व बडादसैँको उल्लास अझ बढेको छ। देशभरका शक्तिपीठ तथा देवी मन्दिरहरूमा पनि भक्तजनको चहलपहल बढेको छ।

    सबैमा फूलपातीको हार्दिक शुभकामना 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार