Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सेयर बजारमा २१.३२ अंकको वृद्धि,कारोबार रकम घट्यो

सेयर बजारमा २१.३२ अंकको वृद्धि,कारोबार रकम घट्यो

बुधवार, आश्विन २८ २०८३
  • काठमाडौं । साताको तेस्रो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। साताको पहिलो सेयर कारोबार दिन सोमबारदेखि सकारात्मक देखिएको नेप्से परिसूचक आज २१.३२ अंकले वृद्धि भएर बन्द भएको हो।

    अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ४.१२ अंकले बढेर २५९९.९३ विन्दुमा अडिएको थियो। त्यसको अघिल्लो दिन सोमबार नेप्से परिसूचक ४ अंकले बढेर २५९५.८१ विन्दुमा कायम भएको थियो।

    images

    नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएपनि कारोबार रकममा भने मंगलबारको तुलनामा कमी आएको छ। मंगलबार ४ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ४ अर्ब १३ करोडको सेयर खरिदबिक्री भयो। सोमबार  ४ अर्ब ४६ करोडको सेयर कारोबार भएको थियो।

    यसदिन ३५४ वटा स्क्रिप्सको १ करोड १६ लाख ७४ हजार २०९ कित्ता सेयर ४ अर्ब १३ करोड ६१ लाख ६१ हजार  ३३१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १८८ वटा स्टक्सको मूल्य बढ्दा ८० वटाको घट्यो। ९ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

    सेयर बजार दोहोरो अंकले वृद्धि भएपनि आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। १०.७५ प्रतिशत एसबीआई डिवेन्चर २०८९ को सेयर सर्वाधिक १३.२१ प्रतिशतले बढ्यो।

    सगरमाथा जलविद्युत कम्पनीको सेयर ६.३२ प्रतिशतले घट्दा एभरेष्ट कलर,स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ३.७५,अपर लोहरे खोला हाइड्रोपावरको ३.६४ र सिटी होटलको ३.३३ प्रतिशतले घट्यो।

    १३ वटै समूहको उपसूचक सकारात्मक देखिएका छन्। बैंकिङ,डेभलपमेन्ट र नन लाइफ इन्स्योरेन्स समूहको उपसूचक १ प्रतिशत बढिले बढ्यो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार