Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अध्यागमन र ललितपुर प्रहरीले प्रस्तावित राजदूत सुनारबारे संसदीय समितिले सोधेको प्रश्नको जवाफ पठाए

अध्यागमन र ललितपुर प्रहरीले प्रस्तावित राजदूत सुनारबारे संसदीय समितिले सोधेको प्रश्नको जवाफ पठाए

बुधवार, आश्विन २८ २०८३
  • काठमाडौँ । साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारबारे संसदीय सुनुवाइ समितिले मागेको विवरण जिल्ला प्रहरी कार्यालय ललितपुर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पठाएका छन् ।

    समितिको असोज २६ गते बसेको बैठकले  साउदी अरेबियाका निम्ति प्रस्तावित नेपाली राजदूत सुनारविरुद्ध परेका उजुरीको तथ्य जाँच गर्न दुई कार्यालयमा रहेको विवरण माग गर्दै पत्र पठाएको थियो।

    images

    समिति बैठकले उजुरीकर्तासँगको छलफलपछि संसदीय सुनुवाइ समितिले दुई प्रमाण झिकाउने पत्राचार गर्ने निर्णय गरेको थियो । एक महिलासँग सुनारको विवाहेत्तर सम्बन्ध र पटक–पटक र ‘टर्चर’ दिएको भन्दै उनकी साथीले सुनुवाइ समितिलाई दिएको उजुरीबारे तथ्य के हो भनेर पत्राचार गरिएको थियो।

    समितिले यससम्बन्धी उजुरीकर्ता र पीडितसँगको छलफलपछि ललितपुर प्रहरीमा भएको मिलापत्रको प्रमाण माग्ने निर्णय गरेर पत्र पठाएको थियो । समितिले घटनासँग सम्बन्धित कागजात ललितपुर प्रहरीसँग मागेकोमा प्रहरीले ती कागजात समितिलाई उपलब्ध गराएको समितिका एक सदस्यले जानकारी दिए।

    ललितपुर प्रहरीले साबिक महानगरीय प्रहरी परिसर) ललितपुर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा २०७५ साल माघ २९ गते निवेदन दिएकोमा सो निवेदन उपर २०७५ साल फागुन १ गते मिलापत्र कागज भएको यस कार्यालयको अभिलेखबाट देखिन आएको’ भन्ने जवाफ पठाएको ती सदस्यले बताए।

    सँगै समितिले सुनारलाई जर्मनीबाट डिपोर्ट गरिएको विवरण भए/नभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनसँग विवरण मागेको थियो । कार्यालयले १४ वर्ष पुरानो घटनाको प्रमाण आफूहरूसँग उपलब्ध हुन नसक्ने जवाफ पठाएको छ।

    सुनारविरुद्ध संसदीय सुनुवाइ समितिमा परेको उजुरीको तथ्य जाँच गर्ने क्रममा समितिले अध्यागमन कार्यालयसँग उनी जर्मनीबाट डिपोर्ट भएका थिए वा थिएनन् भन्ने विवरण मागेको थियो।

    असोज २६ गते बसेको समिति बैठकले उजुरीकर्तासँग छलफलपछि सुनारविरुद्धका आरोपको तथ्य जाँच गर्न, सुनारलाई जर्मनीबाट डिपोर्ट गरिएको भन्ने उजुरीकर्ताको दाबीको तथ्य जाँच गर्न अध्यागमन कार्यालयसँग विवरण मागेकोमा नभएको जवाफ पठाएको हो।

    कार्यालयकी प्रमुख अध्यागमन अधिकृत सृजना थपलियाले पत्र आएको र पठाएको बारे आफूसँग एकिन विवरण नभएको बताइन् । उनले कार्यालयसँग सन २०२० भन्दा अगाडिको सबै बुझिने विवरण भने कार्यालयसँग नभएको जानकारी दिइन्।

    सुनारविरुद्ध महिलामाथि हिंसा गरेको र धम्की दिएको आरोपसहितका उजुरी सुनुवाइ समितिमा परेका छन्। गत असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा र जर्मनीका लागि सरू जोशीलाई राजदूत बनाउन सिफारिस गरेको थियो।

    त्यस्तै, जापानका लागि जिज्ञानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, मलेसियाका लागि चूडामणि खरेल, स्पेनका लागि प्राप्ति शेरचन, ओमानका लागि डा। पदमाक्षी राणा,  दक्षिण कोरियाका लागि प्रा.डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चलाकुमारी झा र साउदी अरबका लागि गिरीबहादुर सुनारलाई  सिफारिस गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार