काठमाडौँ । रामकुमार शर्मा संयोजक रहेको हुँकार मधेसले विभिन्न २१ वटा विभाग गठन गरी त्यसको जिम्मेवारी पनि तोकेको छ।
हुँकार मधेसले ममंगलबार जारी गरेको विज्ञप्ति अनुसार संवाद तथा समन्वय विभागको जिम्मेवारी राम कुमार शर्मा (कश्यप)लाई दिएको छ । संगठन विभागमा कौशलेन्द्र कौशल छन् भने कानुन तथा न्याय विभागको जिम्मेवारीमा रत्नेश्वर सनातनी रहेका छन्।
आइटी तथा कार्य मुल्यांकन विभागमा रोशन कुमार, बौद्धिक तथा पेशाकर्मी विभागमा डा. एन.एन. भारद्वाज, आर्थिक विभागमा सचिदानन्द यादव, अनुशासन विभागमा राजाराम यादव, प्रशिक्षण तथा नीति अनुसन्धान विभागमा मनोहर मानवलाई जिम्मेवारी दिएको छ।
त्यस्तै, सहकारी, कर्पोरेट तथा उद्यमशीलता विभागमा कृष्ण कुमार, स्वंयसेवी सुरक्षा दस्ता विभागमा उमेश सिंह, युवा तथा विद्यार्थी विभागमा पंकज आनन्द, वैदेशिक रोजगार विभागमा मनिष कुमार, सूचना तथा संचार विभागमा पुष्पा प्रियालाई जिम्मेवारी दिएको छ।
संघीय मामिला विभागमा मधुमाया यादव, शिक्षा तथा संस्कृति विभागमा इन्द्रजित साफी, उद्योग, व्यापार, वाणिज्य तथा व्यवसाय विभागमा सन्दीप त्रिपाठी, नागरिकता तथा भुमिहीन समस्या समाधान विभागमा अंगद यादव, कृषि विकास तथा अनुसन्धान विभागमा राम किशुन नायक, विज्ञान तथा प्रविधि विभागमा विजय महासेठ र सहिद तथा घाइते व्यवस्थापन विभागमा मो. युसुफ साफीलाई जिम्मेवारी दिएको छ।
हुँकार मधेशका प्रवक्ता केशव झाका अनुसार असोज ९ गते बसेको हुँकार मधेशको बैठकले यी विभागहरु गठन गरेका छन् । विभागीय प्रमुखहरुलाई सात दिनभित्र आआफ्नो कार्ययोजना, कार्यविधि तथा कार्यसूची पेस गर्न पनि भनेको छ।
दशैंलगत्तै सयदिने हुलाकी यात्रा झापादेखि कञ्चनपुरसम्म सुरु गरिने कार्यक्रम तय गरिएको प्रवक्ता झाले बताए।



