Oct 28 2026 | २०८३ कार्तिक १२ गते

प्रस्तावित राजदूत श्रेष्ठको योजना :जलवायु उत्थानशीलतादेखि उत्पादनसम्म कोरियासँग सहकार्य बढाउने

प्रस्तावित राजदूत श्रेष्ठको योजना :जलवायु उत्थानशीलतादेखि उत्पादनसम्म कोरियासँग सहकार्य बढाउने

मंगलवार, आश्विन २७ २०८३
  • काठमाडौं । गणतन्त्र कोरियाका लागि प्रस्तावित नेपाली राजदूत प्रा.डा.संगम श्रेष्ठले कोरियाको प्राविधिक क्षमतालाई नेपालको सार्वजनिक सेवा,उत्पादन र जलवायु उत्थानशीलतासँग जोड्न आफूले प्रयास गर्ने बताएका छन्।

    मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिमा आफ्नो भावी योजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत श्रेष्ठले कोरियाको प्राविधिक क्षमतालाई नेपालको सार्वजनिक सेवा,उत्पादन र जलवायु उत्थानशीलतासँग जोड्न व्यावहारिक “नेपाल–कोरिया नवप्रवर्तन सेतु“ निर्माण गरिने बताए।

    images

    उनले कृत्रिम बुद्धिमत्ता र भू–स्थानिक तथ्यांकलाई विपद् पूर्वसूचना,पानी व्यवस्थापन र तथ्यांकमा आधारित निर्माणमा प्रयोग गर्ने नमुना कार्यक्रम विकास गरिने उल्लेख गरे। कोरियामा हुने अध्ययन र रोजगारीलाई व्यक्तिगत अवसरमा मात्र सीमित नराखी नेपालको दीर्घकालीन मानव पुँजीमा रूपान्तरण गर्न आफूले पहल गर्ने उनको भनाइ छ।

    यसका लागि पहिलो चरणमा विद्यार्थी र इपिएस श्रमिकलाई प्रमाणित विश्वविद्यालय सूचना,भिसा नियम,भाषा तयारी र व्यावसायिक सुरक्षासम्बन्धी अभिमुखीकरण उपलब्ध गराइने श्रेष्ठले बताए।

    उनले पहिलो वर्षमा एकीकृत मुद्दा तथा कोरियाली भाषामा लगानी/पर्यटन सामग्री प्रकाशन,दोस्रो वर्षमा नेपाल–कोरिया व्यवसाय गोलमेच सम्मेलन र तेस्रो तथा चौथो वर्षमा प्रत्यक्ष वैदेशिक लगानी परियोजनाहरू अगाडि बढाउने योजना रहेको सुनाए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार