Oct 28 2026 | २०८३ कार्तिक १२ गते

आईपीयूको महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

आईपीयूको महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

मंगलवार, आश्विन २७ २०८३
  • काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी भएर मंगलबार स्वदेश फर्किएका छन्।

    सभामुख अर्याल १८ असोजमा महासभामा सहभागी हुन तान्जानिया प्रस्थान गरेका थिए । तान्जानियाको अरुषा सहरमा अक्टोबर ५ देखि ९ (असोज १९ देखि २३) सम्म महासभा सञ्चालन भएको थियो।

    images

    महासभामा सभामुख अर्यालसँगै उनकी धर्मपत्नी अम्बिका केसी, प्रतिनिधिसभा सदस्य रविन महत्तो तथा राष्ट्रियसभा सदस्य झक्कु प्रसाद सुवेदी र अञ्जान शाक्य सहभागी थिए।

    महासभामा विश्वभरका संसद्का प्रतिनिधिहरूको सहभागिता थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार