Oct 28 2026 | २०८३ कार्तिक १२ गते

उपत्यकामा सहज रूपमा ग्यास आपूर्ति सुरु भएकाे ग्यास उद्याेग संघकाे दाबी

उपत्यकामा सहज रूपमा ग्यास आपूर्ति सुरु भएकाे ग्यास उद्याेग संघकाे दाबी

मंगलवार, आश्विन २७ २०८३
  • काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले काठमाडौँ उपत्यकामा एलपी ग्यासको वितरण प्रणालीलाई पुनः नियमित बनाइएको दाबी गरेकाे छ।

    सङ्घले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उपत्यकामा ग्यास आपूर्तप सहज रूपमा वितरणकाे कार्य सुरु भएकाे दाबी गरेकाे हाे।

    images

    सङ्घले आफ्नो नजिकको आधिकारिक डिलरमा गएर नियमित रूपमा ग्यास खरिद गर्न आम उपभोक्ता तथा सरोकारवालाहरूलाई अनुरोध गरेको छ।

    यसअघि उपभोक्ताको सहजताका लागि भन्दै असोज २५ गते आइतबारदेखि असोज ३० गते शुक्रबारसम्मका लागि विभिन्न ब्राण्डका ग्यास सिलिण्डरहरू संयुक्त रूपमा बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको थियो।

    यद्यपि, बिहीबार र शुक्रबार डिलरमार्फत नियमित ग्यास आपूर्ति गर्नुपर्ने भएकाले उक्त संयुक्त व्यवस्था असोज २८ गते बुधबारसम्म मात्र लागू हुने सङ्घले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ। संघले ग्यास आपूर्ति सहज रुपमा भइरहेकाे बताएपनि उपभाेक्ताहरूले भने अझै सास्ती भाेगिरहेका छन्।

    g

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार