Oct 28 2026 | २०८३ कार्तिक १२ गते

पूर्व-पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, सडक विभाग र पूर्वाधार कम्पनीबीच सम्झौता

पूर्व-पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, सडक विभाग र पूर्वाधार कम्पनीबीच सम्झौता

मंगलवार, आश्विन २७ २०८३
  • काठमाडौं । नेपालका हिमाली क्षेत्रहरूलाई पर्यटनसँग जोड्ने महत्त्वाकांक्षी योजनाका रूपमा ‘पूर्व-पश्चिम हिमाली पर्यटकीय राजमार्ग’ निर्माणको सम्भाव्यता अध्ययन कार्य औपचारिक रूपमा सुरु भएको छ।

    यस कार्यक्रमको पहिलो चरण अन्तर्गत अपिनाम्पा–सैपाल–बडीमालिका र नुम–पाथीभरा सडक खण्डको सम्भाव्यता अध्ययनका लागि नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड र सडक विभागबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

    images

    सम्झौताअनुसार पहिलो चरणमा दुई प्रमुख हिमाली पर्यटकीय सडक खण्डको सम्भाव्यता अध्ययन गरिनेछ । अपिनाम्पा–सैपाल–बडीमालिका खण्डको १०५ किलोमिटर र नुम–पाथीभरा खण्डको  ४५ किलोमिटर खण्डको अध्ययनका लागि सम्झाैता भएको हो । 

    सम्झौता अनुसार नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडले आयोजनाको प्राविधिक, आर्थिक, सामाजिक तथा वातावरणीय पक्षहरूको सूक्ष्म अध्ययन गरी विस्तृत आधार तयार पार्नेछ। कम्पनीले पेस गर्ने अध्ययन प्रतिवेदनका आधारमा बडीमालिका, पाथीभरा लगायतका प्रमुख हिमाली पर्यटकीय क्षेत्रहरूलाई सडक सञ्जालमा जोड्न आवश्यक भौतिक पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाइनेछ।

    देशका हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धन र आर्थिक विकासमा कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको यस पर्यटकीय राजमार्गलाई सरकारले एक नवीन र प्राथमिकता प्राप्त कार्यक्रमको रूपमा अघि बढाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार