Oct 28 2026 | २०८३ कार्तिक १२ गते

दुई दिनमै सुनको मूल्य ४ हजार बढीले घट्यो

दुई दिनमै सुनको मूल्य ४ हजार बढीले घट्यो

मंगलवार, आश्विन २७ २०८३
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन घटेको छ। मंगलबार सुनको भाउ प्रतितोला २ हजार २०० रुपैयाँले घटेसँगै दुई दिनमा कुल ४ हजार ३०० रुपैयाँले सस्तिएको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ। सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। सोमबार पनि सुनको मूल्य २ हजार १०० रुपैयाँले घटेको थियो।

    images

    त्यस्तै, चाँदीको मूल्य पनि मंगलबार घटेको छ। चाँदी प्रतितोला ६० रुपैयाँले घटेर ४ हजार ३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    सोमबार चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो। आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९४ हजार ४ सय रुपैयाँ थियो।

    त्यस्तै चाँदीको भाउ आज तोलामा ६० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४१५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ३५५ रुपैयाँ कायम भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार