Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सरकारले चालु आर्थिक वर्षमा ६७ करोडको धान खरिद गर्ने

सरकारले चालु आर्थिक वर्षमा ६७ करोडको धान खरिद गर्ने

सोमवार, आश्विन २६ २०८३
  • काठमाडौं । सरकराले चालु आर्थिक वर्ष २०८३/८४ मा करिब ६७ करोड रुपैयाँको धान खरिद गर्ने भएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा मन्त्रालयले वैज्ञानिक ढंगबाट निर्धारण गरेको धानको न्यूनतम सर्मथन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँ रकम बराबारको धान खरिद गर्ने भएको हो।

    धानको न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने योजना बनाएको छ। कृषिमन्त्री चौधरीले धान खरिद गर्ने निकाय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत पर्ने भएकाले समन्वय गरेर धान खरिद पक्रिया अधि बढाउन आग्रह गरेकी छन्।

    images

    आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मोटा धानको प्रति क्वीन्टल ३ हजार ६६० र मध्यम धानको प्रति क्वीन्टल ३ हजार ८६० रुपैयाँ तोकिएको छ। यो मूल्य कार्यान्वयनका लागि मन्त्री चौधरीले सम्बन्धित निकायसँग समन्वय गरिरहेकी छन्।

    धान खरिद प्रक्रिया दसैँ र तिहारको बीचमा सुरु गर्ने योजना रहेको उद्योग मन्त्रालयको योजना छ। धान खदिका लागि मन्त्री चौधरी नियमित समन्वय गरि रहनुभएको छ।  सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया अघि बढाउँदा किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने र बजारमा मूल्यसम्बन्धी अनिश्चितता कम हुने मन्त्री चौधरीको अपेक्षा छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार