Oct 28 2026 | २०८३ कार्तिक १२ गते

चीनका प्रस्तावित राजदूतलाई प्रश्न : चिनियाँ लगानीका एयरपोर्ट सञ्चालन गर्न कस्तो भूमिका खेल्नु हुन्छ ?

चीनका प्रस्तावित राजदूतलाई प्रश्न : चिनियाँ लगानीका एयरपोर्ट सञ्चालन गर्न कस्तो भूमिका खेल्नु हुन्छ ?

सोमवार, आश्विन २६ २०८३
  • काठमाडौँ । चीनका प्रस्तावित राजदूत डा. कल्याणराज शर्मालाई  सांसद पद्‌मा अर्यालले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय एयरपोर्ट सञ्चालनबारे चासो राखेकी छिन्। संसदीय सुनुवाइ समितिमा साेमबार सांसद अर्यालले चिनियाँ लगानीमा सञ्चालित एयरपोर्ट सञ्चालन गर्न कस्तो भूमिका खेल्नु हुन्छ भन्दै प्रश्न गरेकी छिन्।

    यस्तै चीन सरकार नेपालमा लगानी गर्न तत्पर भएको तर, नेपालले उपयोग गर्न नसकेको सांसद अर्यालले बताइन्।नेपाली चेलीहरू विवाहका नाममा चीनमा अलपत्र परेको विषयलाई गम्भीरतापूर्वक लिन समेत सांसद अर्यालले आग्रह गरेकी छिन्।

    images

    'नेपाली चेलीहरू समस्यामा छन्,' अर्यालले प्रश्न गरिन्, 'अहिलेको यो ज्वलन्त समस्यालाई कसरी समाधान गर्नु हुन्छ?'

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार