Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाली कांग्रेसको केन्द्रीय सदस्य खुला मतगणना भोलिदेखि

नेपाली कांग्रेसको केन्द्रीय सदस्य खुला मतगणना भोलिदेखि

सोमवार, आश्विन २६ २०८३
  • काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मतगणना नभएको केन्द्रीय सदस्य खुलातर्फको मतगणना भोलि बिहानदेखि सुरु हुने भएको छ । 

    कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले साेमबार सूचना जारी गर्दै केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि सुरु हुने जानकारी गराएको छ।

    images

    मतगणना पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुनेछ। समितिले केन्द्रीय सदस्यका उम्मेदवारहरूलाई लक्षित गर्दै नोटसमेत जारी गरेको छ। जसअनुसार, केन्द्रीय सदस्यको उम्मेदवारको हकमा उम्मेदवार स्वयम् बाहेक अन्य प्रतिनिधि राख्ने व्यवस्था नभएको जानकारी गराइएको छ।

    844794561_1114416711070020_7032424014957485386_n



    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार