Oct 28 2026 | २०८३ कार्तिक १२ गते

चीनबाट व्यावहारिक लाभ लिनसक्ने वातावरण बनाउन भूमिका खेल्छु : प्रस्तावित राजदूत शर्मा

चीनबाट व्यावहारिक लाभ लिनसक्ने वातावरण बनाउन भूमिका खेल्छु : प्रस्तावित राजदूत शर्मा

सोमवार, आश्विन २६ २०८३
  • काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत कल्याण राज शर्माले चीनबाट व्यावहारिक लाभ लिनसक्ने वातावरण बनाउन आफूले भूमिका खेल्ने बताएका छन्।

    सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समिति बैठकमा सुनुवाईका क्रममा शर्माले राजदूत पदको जिम्मेवारी पाएमा राजनीतिक विश्वास कायम राख्दै नेपाली नागरिक र नेपाल सरकारले व्यावहारिक लाभ लिनसक्ने वातावरण बनाउने मुख्य उद्देश्य रहने बताए।

    images

    उनले सार्वभौमिक समानता, पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व, आन्तरिक मामिलामा अहस्तक्षेप र नेपालको 'एक चीन’ सिद्धान्तप्रतिको प्रतिबद्धता दुईदेशबीचको सम्बन्धका मुख्य आधारहरू भएको बताए। उनले यसअघि भएका सम्झौताहरूको कार्यान्वयनमा निरन्तर ध्यान दिँदै नेपालको उत्पादन र पर्यटन विकासका लागि चिनियाँ बजारमा पहुँच विस्तार गर्ने र उत्पादनशील लगानी आकर्षित गर्न सहजीकरण गरिने उल्लेख गरे।

    सीमा तथा पारवहन व्यवस्थालाई भरपर्दो बनाउने, विपत् उत्थानशीलतामा सहकार्य प्रवर्द्धन गर्ने र नेपाली नागरिकलाई प्रभावकारी कन्सुलर सेवा उपलब्ध गराउने काममा प्रयासहरू लक्षित हुने उनको भनाइ छ।

    उनले पारवहन सम्झौताअन्तर्गत चीनका चार समुद्र र तीन स्थल बन्दरगाहहरूलाई प्राप्त पहुँचमार्ग छिटो सुचारु गराएर नेपाललाई अन्तर्राष्ट्रिय ट्रेडमा जोड्नप्रयत्न गरिने समेत उल्लेख गरे।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार