काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले दीक्षित प्रहरी निरीक्षकहरूलाई कुनै पनि द'बाब र प्रभावमा नपरी, व्यक्तिगत स्वार्थबाट टाढा रहेर इमानदारीपूर्वक कर्तव्य निर्वाह गर्न आग्रह गरेका छन्।
प्रहरी निरीक्षक आधारभूत तालिम (१८४औँ समूह) को दीक्षान्त समारोहमा सम्बोधन गर्दै उनले नैतिकता, निष्ठा, अनुशासन र प्रविधिको सदुपयोगमार्फत निष्पक्ष तथा प्रमाणमा आधारित अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन्। साथै, प्रहरीले नागरिकले अनुभूति गर्ने गरी शान्ति सुरक्षा कायम गर्नुपर्ने बताएका छन्।


