Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा २ हजार १०० रुपैयाँ सस्तियो

सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा २ हजार १०० रुपैयाँ सस्तियो

सोमवार, आश्विन २६ २०८३
  • काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले घटेको हो।

    मूल्य घटेसँगै सोमबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर २ लाख ९६ हजार ५०० रुपैयाँ पुगेको थियो।

    images

    त्यस्तै, चाँदीको मूल्य पनि सोमबार प्रतितोला २५ रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ४ हजार ४४० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार