Oct 28 2026 | २०८३ कार्तिक १२ गते

इसिमोडको प्रारम्भिक विश्लेषण : पहिरोले नदी थुनेर बनेको अस्थायी बाँध फुट्दा बाढी आयो

इसिमोडको प्रारम्भिक विश्लेषण : पहिरोले नदी थुनेर बनेको अस्थायी बाँध फुट्दा बाढी आयो

सोमवार, आश्विन २६ २०८३
  • काठमाडौं । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले गोरखाको चुमनुब्री गाउँपालिका– ६, चुमचेतनजिकै पहिरोले नदी थुनेर बनेको अस्थायी बाँध फुट्दा बुढीगण्डकी नदी प्रणालीमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) आएको प्रारम्भिक विश्लेषण गरेको छ।

    आइतबार यस्तो विवरण सार्वजनिक गर्दै इसिमोडले पर्वतीय जोखिम बढेकोमा चिन्तासमेत व्यक्त गरेको छ। आइतबार बिहान करिब ४ बजेतिर बाढी सुरु भएको थियो । बाढीले बुढीगण्डकी करिडोर भई लेदो, गेग्य्रान र फोहोर बगाएर तलतिर ल्याएको थियो।

    images

    जलसतहमा उतारचढाव आएपछि र जोखिम बढेपछि स्थानीय प्रशसनले बुढीगण्डकी, त्रिशूली र नारायणी नदीतटीय क्षेत्रका समुदायका लागि चेतावनी जारी गरेका थिए । ‘यो घटना केही समयअघि भएको केरुङ (ग्यिरोङ)–रसुवा विपत्तिलगत्तै आएको हो र यसले क्रमिक रूपमा आउने पर्वतीय जोखिमहरूको खतरा (क्यासकेडिङ)लाई उजागर गर्छ,’ इसिमोडले भनेको छ, ‘एउटा प्रक्रियाले द्रुत रूपमा अर्को विपत्ति निम्त्याउन सक्छ र समुदाय तथा पूर्वाधारहरूमा पर्ने प्रभावलाई झनै बढाउन सक्छ।’

    बुढीगण्डकीमा यसअघि अप्रिल २०२४ मा पनि बाढी आएको इसिमोडले जनाएको छ । मनास्लु हिमनदीको टुप्पोबाट आएको ठुलो हिमपहिरो वीरेन्द्र तालमा खसेर बुढीगण्डकी नदीमा अचानक बाढी आएको थियो । इसिमोडको नेतृत्वमा गरिएको विस्तृत अध्ययनले त्यसवेला उक्त घटना हिमताल विस्फोटन नभई हिमपहिरोपछि तालको पानी विस्थापित भएका कारण भएको पत्ता लगाएको थियो।

    ‘पहिलेको र अहिलेको दुवै घटनाले हिमाली नदी प्रणालीमा विनाशकारी बाढी उत्पन्न गर्न सक्ने विभिन्न जोखिमहरू र जोखिम अनुगमन गर्नुको महत्वलाई उजागर गर्दछन्,’ इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले भनेका छन्, ‘केरुङ–रसुवा विपत्तिलगत्तै भएको यो घटनाले पर्वतीय समुदाय र नदी करिडोरहरूमा बस्ने मानिसहरू कति जोखिमपूर्ण छन्, संवेदनशील छन् भन्ने हामीलाई सम्झाइदिएको छ । यो बाढी के कारणले आयो भन्ने कुरा बुझ्नुपर्छ र भविष्यका जोखिमहरू कम गर्न तथा सहनशीलता सुदृढ पार्न काम गर्नुपर्छ।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार