Oct 28 2026 | २०८३ कार्तिक १२ गते

मुगुमा एस्काभेटरमाथि पहिरो खस्यो, चालक पुरिए, सहचालक घाइते

मुगुमा एस्काभेटरमाथि पहिरो खस्यो, चालक पुरिए, सहचालक घाइते

सोमवार, आश्विन २६ २०८३
  • काठमाडौं । मुगुमा सडक खनिरहेको एस्काभेटरमाथि पहिरो खस्दा चालक पुरिएका छन् । मुगु प्रहरीका अनुसार, मुगु—रारा भित्री सडकखण्ड अन्तर्गत जिल्लाको खत्याग गाउँपालिका—११, को बिरा खोलाक्षेत्रमा एस्काभेटरले सडक खनिरहेको थियो।

    सोमबार बिहान एक्कासि माटिबाट सुक्खा पहिरो खस्यो । पहिरोले बा ३ क ३२७६ नम्बरको एस्काभेटरसहित बझाङ घर भएका २४ वर्षीय चालक विमल बागलाई पुरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रविराज थपलियाले बताए।

    images

    उनका अनुसार, सहचालक २२ वर्षीय विनय मल्ल घाइते भएका छन् । सोरु गाउँपालिका—१, निवासी मल्लको हात र खुट्टामा चोट लागेको छ । घटना लगत्तै प्रहरी टोली त्यहाँ खटिएर उद्दारको काम भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार