Oct 28 2026 | २०८३ कार्तिक १२ गते

इन्स्पेक्टर तालिममा प्रथम भए प्रशिक्षार्थी चोप बहादुर डेंगा

इन्स्पेक्टर तालिममा प्रथम भए प्रशिक्षार्थी चोप बहादुर डेंगा

सोमवार, आश्विन २६ २०८३
  • काठमाडौँ । प्रहरी निरीक्षक आधारभूत तालिमको दुई वटा विधामा प्रशिक्षार्थी प्रहरी निरीक्षक चोप बहादुर डेंगा सर्वप्रथम भएका छन् । प्रहरी निरीक्षक १–१८४ औँ समूहमा उनी प्रथम भएका हुन्।

    सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले इन्स्पेक्टर चोप बहादुर डेंगालाई पुरस्कृत गरे । डेंगा प्रहरी निरीक्षक आधारभूत तालिमको कवाजतर्फ र अध्ययन विधातर्फ प्रथम भएका हुन् । उनी गुल्मीका स्थानीय हुन्।

    images

    शारीरिक क्षमता तथा आत्मबल विधातर्फ गोपाल बहादुर राई प्रथम भएका छन् । युक्ति कारबाहीतर्फ राजकमार जिटी, चाँदमारी विधामा विकाश कुमार धामी प्रथम भएका छन् । प्रशिक्षार्थी प्रहरी निरीक्षक बालकृष्ण पोखरेल द्वितीय भएका छन् । इन्स्पेक्टर विशाल पौडेल तृतीय भए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार