Oct 28 2026 | २०८३ कार्तिक १२ गते

रोजगार

‘सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्नु अत्यावश्यक’

‘सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्नु अत्यावश्यक’

सोमवार, आश्विन २६ २०८३
  • काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा माग भइरहेको सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्नु अत्यावश्यक रहेको बताएका छन्।

    भक्तपुरको दधिकोटमा सञ्चालनमा आएको एभरेस्ट मल्टी स्किल प्रा.लि.को आइतबार उद्घाटन गर्दै उनले देशमा चुनौतीका रूपमा रहेको बेरोजगारीलाई चिर्न बजारले खोजेको दक्ष र सीपयुक्त जनशक्ति उत्पादन गर्नु आवश्यक रहेको बताए।

    images

    मन्त्री यादवले भने, ‘अहिले दक्ष जनशक्तिको आवश्यकता रहेको छ, बजारको मागअनुसारको सीप र सीपअनुसारको रोजगार दिन तालिम र सीप प्राप्त जनशक्तिलाई रोजगारसँग जोडनुपर्छ, कतिले तालिम पाए भन्ने कुराले महत्व राख्दैन, कतिले रोजगारी पाए, कतिले आर्थिक उन्नति गरे त्यसले महत्व राख्दछ, त्यसका लागि सबै लाग्नुपर्छ।’

    बजारले खोजेको सीप र उत्पादन भइरहेको जनशक्तिबीच ठुलो खाडल रहेको चर्चा गर्दै मन्त्री यादवले युवालाई सीप सिक्न नहिचकिचाउन तथा विदेश जाने युवालाई सीपयुक्त दक्ष तथा सुरक्षित श्रमिकका रूपमा मात्र पठाउने र स्वदेशमै रहनेहरूका लागि सम्मानजनक रोजगारी सिर्जना गर्ने सरकारको प्राथमिकतालाई यस प्रकारको सीप केन्द्रले टेवा पुग्ने बताए । उनले सरकार, निजी क्षेत्र, तालिम प्रदायक संस्था र स्थानीय तहबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।

    कार्यक्रममा एभरेस्ट मल्टी स्किल प्रा.लि.का अध्यक्ष खगेन्द्र न्यौपानेले हातमा सीप नभएका श्रीमक विदेश जाँदा निकै दुःख पाउने गरेको र पारिश्रमिक पनि कम पाउन गरेको बताउँदै सीप लिएर गएका जनशक्तिले विदेशमा सजिलो एवं पारिश्रमिक पनि राम्रो पाउने गरेको बताए।

    विगत २५ वर्षदेखि मलेसियामा बसेर व्यवसाय गर्दै आएका उनले विदेश जाँदा होस् वा स्वदेशमै रोजगारी खोज्दा हातमा सीप र कला भएमा राम्रो तलब र अवसर पाइने बताए।

    अध्यक्ष न्यौपानेले भक्तपुरमा सञ्चालनमा आएको तालिम केन्द्रले देशमा रहेको अदक्ष र अर्धदक्ष जनशक्तिलाई पूर्ण दक्ष जनशक्ति बनाउने र सहज रूपमा विदेशमा रोजगारीका लागि जानसक्ने जानकारी दिए।

    कार्यक्रम सञ्चालक अनन्तराम खतिवडाले विदेशमा लामो समय व्यावसायिक रूपमा रहेर अनुभवी चार जना व्यवसायीको समूहले तालिम केन्द्र सञ्चालनमा ल्याएको बताउँदै आवासीय यस तालिम केन्द्रमा सिटिइभिटीबाट ३० वटा तालिमको अनुमति लिएर १५० शय्याको आवासीय तालिम केन्द्र सञ्चालनमा ल्याएको जानकारी दिए।

    कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का सांसद राजीव खत्रीले सरकारले प्रत्येक नागरिकलाई सीप दिने योजना बनाएको बताउँदै त्यस्तो योजनालाई यसप्रकारको निजी तालिम प्रदायक संस्थाले सहयोग पुग्ने बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार