Oct 28 2026 | २०८३ कार्तिक १२ गते

रोहितको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य

रोहितको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य

आइतवार, आश्विन २५ २०८३
  • काठमाडौं । आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालको अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले क्यानडालाई २३६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।

    ओमानस्थित एल अमेरत क्रिकेट मैदान(ट्रफ-१)मा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै २३५ रन बनायो।

    images

    नेपालको लागि चौथो क्रममा आएका रोहित पौडेलले सर्वाधिक १०१ रनको शतकीय पारी खेले। रोहितले १२७ बलमा ८ चौका र १ छक्का प्रहार गरे। उनले छैटौं विकेटका लागि गुल्सन झासँग ८२ रनको साझेदारी बनाएका थिए। एउटा इन्डबाट लगातार विकेट गइरहँदा रोहितले एकतर्फबाट पारी सम्हाले।

    ओपनर ब्याटर आसिफ शेख ४ रनमा पेभेलियन फर्किदा अर्का ओपनर अर्जुन कुमालले २३ रन बनाए। बसिर अहमदले ३० रन बनाउँदा दीपेन्द्र सिंह ऐरी ६ रनमा बोल्ड भए।

    गुल्सन झाले ४८ रनको पारी खेल्दा करण केसी र नन्दन यादव सस्तैमा पेभेलियन फर्किए। सन्दीप लामिछाने २ रनमा अविजित हुँदा ललित राजवंशी अन्तिम बलमा २ रन बनाउँदै क्याच भए।

    क्यानडाका लागि अखिल कुमारले सर्वाधिक ४ विकेट लिए सुखजिन्दर सिंहले ३ विकेट लिँदा जाहिद र्सिजाद २ विकेट लिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार