Oct 28 2026 | २०८३ कार्तिक १२ गते

भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै

भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै

आइतवार, आश्विन २५ २०८३
  • काठमाडौं । नेपालमा भेस्पा स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नयाँ १५० सीसी स्कुटर सार्वजनिक गर्ने भएको छ। कम्पनीले आगामी असोज २६ गते अर्थात् अक्टोबर १२, २०२६ मा काठमाडौंको त्रिपुरेश्वरस्थित आफ्नो शोरुममा नयाँ स्कुटर सार्वजनिक गर्न लागेको हो।

    नयाँ स्कुटर सार्वजनिक भएसँगै नेपाली बजारमा भेस्पाको मोडल सूचीमा अर्को विकल्प थपिनेछ। विशिष्ट इटालियन डिजाइन, आकर्षक शैली र फरक राइडिङ अनुभवका लागि परिचित भेस्पाले नयाँ मोडलमार्फत आफ्नो बजार उपस्थिति थप विस्तार गर्ने अपेक्षा गरेको छ।

    images

    नयाँ स्कुटर सार्वजनिक गर्ने तयारीबारे डेल्टा अटोकर्प प्रालिका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय के. महतोले भेस्पाले कालजयी इटालियन डिजाइन, व्यक्तित्व र विशिष्ट राइडिङ अनुभवलाई प्रतिनिधित्व गर्दै आएको बताएका छन्।

    नयाँ १५० सीसी मोडल सार्वजनिक गर्न पाउँदा उत्साहित रहेको उल्लेख गर्दै उनले नेपाली बजारमा भेस्पाको उपस्थिति सुदृढ बनाउने र ब्रान्डको मौलिक पहिचान झल्कने उत्पादन ग्राहकसमक्ष पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    कम्पनीका अनुसार सार्वजनिक कार्यक्रममा आमन्त्रित अतिथि तथा शुभचिन्तकहरूको उपस्थिति रहनेछ। सोही अवसरमा नयाँ स्कुटर नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरिनेछ।

    नयाँ स्कुटरका थप विशेषता, मूल्य र उपलब्धताबारे भने असोज २६ गते हुने कार्यक्रममा जानकारी दिइने कम्पनीले जनाएको छ।

    डेल्टा अटोकर्पले आफ्नो वितरण सञ्जालमार्फत नेपालभर भेस्पाका विभिन्न मोडल उपलब्ध गराउँदै आएको छ। नयाँ १५० सीसी स्कुटरको आगमनसँगै नेपाली स्कुटर बजारमा भेस्पाको उत्पादन विकल्प थपिनेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार