काठमाडौँ । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्।
बाढीका कारण प्रभावित क्षेत्रमा भौतिक संरचना र स्थानीयको जनजीवनमा पारेको असरबारे जानकारी लिँदै देउवाले प्रभावित नागरिकप्रति सहानुभूति प्रकट गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा देउवाले बाढीको उच्च जोखिमलाई मध्यनजर गर्दै उहाँले बूढीगण्डकी र त्रिशूली नदी किनारका तटीय क्षेत्रमा बसोबास गर्ने सबै नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।
विपद्को घडीमा प्रभावित क्षेत्रका नागरिकको उद्धार तथा राहत कार्यमा सक्रियतापूर्वक जुट्न उनले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । ‘विपद्को यो कठिन समयमा बाढी प्रभावित क्षेत्रका जनताको उद्धार र राहतका लागि पार्टीका साथीहरूले तत्कालै सक्रिय भएर सहयोग गर्नुपर्छ,’ देउवाले लेखेका छन्।
लगातारको वर्षाका कारण नदीमा जलस्तर बढ्ने क्रम जारी रहेकाले स्थानीय प्रशासनले पनि नदी किनारका बासिन्दालाई सुरक्षित रहन र नदी तटको नजिक नजान सूचित गरेको छ।



