काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गोरखाको बूढीगण्डकी नदीमा अकस्मात् आएको भीषण बाढी प्रभावित नागरिकको उद्धार, राहत र सुरक्षामा जुट्न सबैलाई आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत संयोजक दाहालले सो आग्रह गरेका हुन्।
बाढीले गोरखाको चुमनुब्री, धार्चे र आरुघाट लगायतका क्षेत्रमा पुर्याएको क्षति तथा पुल र घरहरू बगाएको खबरले आफूलाई मर्माहत बनाएको समेत उनले बताएका छन्।
साथै उनले बूढी गण्डकीदेखि त्रिशूली नदी किनारसम्मका नागरिकलाई उच्च सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गरेका छन्।
संयोजक दाहालले भनेका छन्–
गोरखाको बूढीगण्डकी नदीमा अकस्मात् आएको भीषण बाढीले चुमनुब्री, धार्चे र आरुघाट लगायतका क्षेत्रमा पुर्याएको क्षति तथा पुल र घरहरू बगाएको खबरले मर्माहत बनाएको छ।
प्रभावित नागरिकको उद्धार, राहत र सुरक्षामा जुट्न सबैमा हार्दिक आग्रह गर्दछु। साथै, बूढी गण्डकीदेखि त्रिशूली नदी किनारसम्मका नागरिकलाई उच्च सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गर्दछु।
यस विपद्को घडीमा प्रभावित नागरिकको सहयोगमा एकजुट बनौँ।




