Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बेत्रावती स्थित फलाकु खोलामा सेनाले निर्माण गरेको एक्रो बेली ब्रिज सञ्चालनमा

बेत्रावती स्थित फलाकु खोलामा सेनाले निर्माण गरेको एक्रो बेली ब्रिज सञ्चालनमा

आइतवार, आश्विन २५ २०८३
  • काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका कारण प्रभावित सडक यातायातलाई सहज बनाउने उद्देश्यले बेत्रावतीमा एक्रो बेली ब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ।

    बाढी आएको ४५ दिनपछि निर्माण सम्पन्न भएको बेली ब्रिजको नेपाली सेनाले आज एक कार्यक्रमबिच उद्घाटन गरेको हो।

    images

    बेली ब्रिज सञ्चालनमा आएसँगै बाढीका कारण प्रभावित बनेको सडक सम्पर्क पुनः सहज हुने अपेक्षा गरिएको छ। पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दा तथा उक्त सडकखण्ड भएर आवतजावत गर्ने यात्रु र सवारीसाधनलाई राहत पुग्ने विश्वास गरिएको छ।

    भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले सडक तथा पुलका संरचनामा क्षति पुर्‍याउँदा त्यस क्षेत्रको यातायात सेवा प्रभावित बनेको थियो। बेली ब्रिज निर्माणसँगै आवागमन सहज बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार