Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कांग्रेस सहमहामन्त्री पदको मतगणना सुरु गरिँदै

कांग्रेस सहमहामन्त्री पदको मतगणना सुरु गरिँदै

आइतवार, आश्विन २५ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणना सुरु गर्ने तयारी गरिएको छ।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले आइतबार सूचना जारी गर्दै सहमहामन्त्री (महिला), सहमहामन्त्री (खुला) र केन्द्रीय सदस्य (महिला खुला) पदको मतगणना बिहान ११ बजेदेखि सुरु हुने जानकारी दिएका छन्।

    images

    त्यस्तै, सहमहामन्त्री (आदिवासी जनजाति), केन्द्रीय सदस्य (आदिवासी जनजाति खुला) र केन्द्रीय सदस्य (आदिवासी जनजाति महिला) पदको मतगणना मध्यान्ह १२ बजेदेखि कांग्रेस केन्द्रीय कार्यालयमा सुरु हुने सूचनामा उल्लेख छ।

    यसअघि शनिबार राति ९ बजेदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको निर्वाचनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी छ।

    निर्वाचन समितिका अनुसार सहमहामन्त्री पदका उम्मेदवारले मतगणनाका लागि दुई जना प्रतिनिधि राख्न पाउनेछन्। तर, केन्द्रीय सदस्य पदका उम्मेदवारका हकमा उम्मेदवार स्वयं बाहेक प्रतिनिधि राख्न नपाउने व्यवस्था गरिएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार