काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्य संयोजन समितिको बैठकका एजेन्डा पारित गरेको छ। शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले विभिन्न एजेन्डा पारित भएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।
ज्वालाका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे छलफल भइरहेको छ। बैठकले छलफलका लागि ७ वटा एजेन्डाहरू पारित गरेको छ।
१. समसामयिक राष्ट्रिय राजनीति तथा पार्टीको दायित्व
२.जन जागरण तथा सङ्गठन सुदृढीकरण अभियान
३. महाधिवेशन र अधिवेशनहरू बारे
४. केन्द्रीय कार्य समिति गठन र बैठक
५. केन्द्रीय सचिवालय गठन तथा बैठक
६. कार्य विभाजन
७. विविध



