Oct 28 2026 | २०८३ कार्तिक १२ गते

धवलशमशेर राणाको जय नेपाल पार्टीमा १० जना केन्द्रीय सदस्य मनोनीत

धवलशमशेर राणाको जय नेपाल पार्टीमा १० जना केन्द्रीय सदस्य मनोनीत

शुक्रवार, आश्विन २३ २०८३
  • काठमाडौं । धवलशमशेर राणा नेतृत्वको जय नेपाल पार्टीले १० जना केन्द्रीय सदस्यसहित विभिन्न पदमा मनोनयन गरेको छ।

    पार्टीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसमिति, सल्लाहकार समिति, प्रदेश तहका इन्चार्ज तथा संयोजक, विभाग तथा समितिका संयोजक र जनवर्गीय संगठनका सभापति मनोनयन गरेको जानकारी ग।गराएको हो।

    images

    केन्द्रीय सदस्यमा ठाकुर बम मल्ल (पर्वत), जिम्बा जाङबु शेपा (सोलुखुम्बु), गजेन्द्रबहादुर सिंह (कैलाली), अन्जु बस्याल (सुर्खेत), लोकेन्द्र पोखरेल (भक्तपुर), सुधन पाण्डे (अर्घाखाँची), मानवकुमार हमाल (डोल्पा), भुपेन्द्रनाथ योगी (सुर्खेत), केशर आउजी (अछाम) र कमलबहादुर पाण्डे (काठमाडौं) मनोनीत भएका छन्।

    त्यस्तै, सम्मानित सल्लाहकार समितिको सदस्यमा गजेन्द्र विष्ट (कञ्चनपुर), मानबहादुर खड्का (सुर्खेत) र कर्मचन्द आजाद (बाँके) मनोनीत भएका छन्।

    प्रदेश तहमा सुदूरपश्चिमको इन्चार्जमा गजेन्द्रबहादुर सिंह र संयोजकमा गोविन्द पाण्डे, कर्णालीको इन्चार्जमा जनकबहादुर सिंह र संयोजकमा भीमबहादुर शाही, लुम्बिनीको इन्चार्जमा नारायणप्रसाद कोइराला र संयोजकमा ऋषिराज देवकोटा तथा गण्डकीको इन्चार्जमा रामराज कोइराला र संयोजकमा वरुण विक्रम राणा मनोनीत भएका छन्।

    त्यस्तै, बागमती प्रदेशको इन्चार्जमा नवराज सिंखडा र संयोजकमा किरण ढुंगेललाई जिम्मेवारी दिइएको छ। पार्टीले विभिन्न विभाग तथा समितिको संयोजकसमेत तोकेको छ । आर्थिक स्रोत व्यवस्थापन विभागको संयोजकमा समृद्धि राणा, धर्म संस्कृति समन्वय विभागको संयोजकमा प्रभात योगी, पर्यटन विभागको संयोजकमा जिम्बा जाङबु शेपा र सांस्कृतिक कला विभागको संयोजकमा खगेस रन्जितकार मनोनीत भएका छन्।

    त्यसैगरी, लघुवित्त, बैंक, सहकारी तथा मिटरब्याज पीडित उत्थान समितिको संयोजकमा होमनाथ गौतम र सञ्चार संगठन गठन तयारी समितिको संयोजकमा राधिका जोशीलाई जिम्मेवारी दिइएको छ।

    जनवर्गीय संगठनतर्फ नेपाल उत्पीडित संगठनको सभापतिमा अर्जुन नेपाली र नेपाल कबाडी संगठनको सभापतिमा वीरबहादुर गुरुङ मनोनीत भएको पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार