Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कांग्रेस महाधिवेशनमा दुई घण्टामा १ हजार २९३ मत खस्यो

कांग्रेस महाधिवेशनमा दुई घण्टामा १ हजार २९३ मत खस्यो

शुक्रवार, आश्विन २३ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा पहिलो दुई घण्टामा १ हजार २९३ मत खसेको छ।

    शुक्रबार बिहान ८स्३० देखि १०स्३० बजेसम्मको विवरणअनुसार कोशी प्रदेशमा २२२, सुदूरपश्चिम र कर्णालीमा २५७, लुम्बिनीमा २०२, गण्डकीमा १८८ र बागमतीमा २१७ मत खसेको छ। मतदान प्रक्रिया निर्वाध रूपमा अघि बढिरहेको जनाइएको छ।

    images

    महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि सहभागी छन्। उनीहरूले पार्टीको नयाँ नेतृत्व चयनका लागि मतदान गरिरहेका छन्।

    शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी मतदान सुरु भएको थियो।

    मतदानका लागि खुलामञ्चमा ६ प्रदेश तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधिका लागि व्यवस्था गरिएको छ। बागमती प्रदेशका प्रतिनिधिले भने प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा मतदान गर्ने व्यवस्था मिलाइएको छ।

    सम्बन्धित विषय: नेपाली कांग्रेस

    सम्बन्धित न्युज

    मतदानस्थल पुगेर प्रतिनिधिसँग मत माग्दै गगन थापा

    कांग्रेस महाधिवेशनमा मतदान सुरु, आजै मतगणना थाल्ने तयारी

    मतदातालाई गगनले भने ( यसपटक कुनै प्यानल छैन, अफवाहमा नलाग्नुहोला

    कांग्रेस महाधिवेशन स् बिहान ७ बजेदेखि मतदान

    कांग्रेस महाधिवेशनको मतदान फेरि सर्‍यो, भोलि बिहान ७ बजेदेखि

    कांग्रेस महाधिवेशन स् मतदान फेरि सर्‍यो, अब दिउँसो २ बजेदेखि भोटिङ १

    देवराज चालिसेले फिर्ता लिए कांग्रेस उपसभापतिको उम्मेदवारी

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार