Oct 28 2026 | २०८३ कार्तिक १२ गते

दशैं बिदामा काठमाडौँ जिल्ला अदालत खुल्ने, बिहान ११ देखि दिउँसो ३ बजेसम्म सेवा दिइने

दशैं बिदामा काठमाडौँ जिल्ला अदालत खुल्ने, बिहान ११ देखि दिउँसो ३ बजेसम्म सेवा दिइने

शुक्रवार, आश्विन २३ २०८३
  • काठमाडौँ । काठमाडौँ जिल्ला अदालत दशैं बिदाको अवधिमा पनि खुला रहने भएको छ । अदालतले शुक्रबार सूचना जारी गर्दै असोज २५ देखि कात्तिक ८ गतेसम्म अदालत बन्द रहने भए पनि केही दिनबाहेक अन्य दिन सेवा प्रवाह गर्ने जनाएको हो।

    अदालतका अनुसार घटस्थापना, शनिबार, फूलपाती र विजयादशमीको टीकाको दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला रहनेछ।

    images

    दशैं बिदामा अदालतबाट बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गर्ने, जरुरी पक्राउ पुर्जी समर्थन गर्ने र सोही क्रममा उपस्थित अभियुक्तको म्याद थप गर्ने सेवा उपलब्ध हुनेछ।

    त्यस्तै, कल डिटेल्स (सीडीआर) को अनुमति प्रदान गर्ने, पक्राउ अनुमति दिने, धरौटी दाखिला गर्न नसकी थुनामा राख्न पठाइएका प्रतिवादीले धरौटी रकम दाखिला गर्न ल्याएमा बुझिलिने तथा फैसला बमोजिम ठहर भएको जरिवाना रकम तिरेर छुट्ने भएमा जरिवाना रकम बुझिलिने सेवा पनि प्रवाह गरिने अदालतले जनाएको छ।

    833184267_1812728716637598_5389707710732731053_n

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार