Oct 28 2026 | २०८३ कार्तिक १२ गते

पोलिटब्युरो सहितका कमिटीलाई पूर्णता दिँदै एमाले

पोलिटब्युरो सहितका कमिटीलाई पूर्णता दिँदै एमाले

शुक्रवार, आश्विन २३ २०८३
  • काठमाडौँ । नेकपा एमालेको आज शुक्रबार बस्ने स्थायी कमिटी बैठकमा पार्टी कमिटी र विभिन्न सङ्गठनहरूलाई पूर्णता दिने विषयमा छलफल हुने भएको छ । पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा केन्द्रीय कमिटीबाट निर्णय हुन बाँकी विषयमा छलफलपछि निर्णय गर्ने तयारी रहेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

    उनका अनुसार विभिन्न पार्टी कमिटीसहित सङ्गठनहरूलाई पूर्णता दिने बैठकको एजेन्डा छ।

    images

    त्यसअन्तर्गत विभागहरूको पूर्णता, सल्लाहकार परिषद्, जेष्ट कम्युनिस्ट मञ्च, पोलिटब्युरो, स्थायी कमिटीको पूर्णता र बाँकी केन्द्रीय कमिटी सदस्यमा मनोनित गर्न बाँकी रहेको छ । गत पुसमा ११ औं महाधिवेशन गरेको नेकपा एमालेले अहिले सम्म धेरैजसो कमिटीहरूलाई पूर्णता दिन सकेको थिएन । हिजो बसेको बैठकले अगामी मंसिरमा राष्ट्रिय भेला, वडा तथा गाउँपालिकाहरुको अधिवेशन मिति तोकेको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार