काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निस्कल राईको एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको छ। अचानक स्वास्थ्यमा समस्या देखिएपछि गएराति उनको शल्यक्रिया गरिएको हो। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उनी अस्पतालमै उपचाररत रहेको बताइएको छ।
शल्यक्रिया सफल बनाउने चिकित्सक तथा अस्पताल परिवारप्रति सचेतक राईले हार्दिक आभार व्यक्त गरेका छन्।
स्वास्थ्यमा अचानक समस्या आएर अस्पतालमा उपचाररत रहे पनि महाधिवेशन प्रतिनिधिहरू र पार्टी साथीहरूले आफ्नो उम्मेदवारीप्रति देखाएको माया, सद्भाव र साथले आफूलाई ठूलो हौसला मिलेको उनले बताएका छन्।
खराब स्वास्थ्य अवस्थाका कारण सबैको फोन कल उठाउन नसकेको भन्दै उनले सबैप्रतिको क्षमाप्रार्थी रहेको बताएका छन्। साथै, आफ्नो शीघ्र स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्ण शुभचिन्तकहरूलाई उनले धन्यवाद ज्ञापन गरेका छन्।



