Oct 28 2026 | २०८३ कार्तिक १२ गते

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोगमा आईएमएफको सहमति

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोगमा आईएमएफको सहमति

बिहिवार, आश्विन २२ २०८३
  • काठमाडाैँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब २० करोड अमेरिकी डलर उपलब्ध गराउने विषयमा पाकिस्तानी अधिकारीहरूसँग कर्मचारी तहको सम्झौता गरेको छ । उक्त सम्झौता कार्यान्वयनका लागि आइएमएफको कार्यकारी बोर्डको स्वीकृति आवश्यक हुनेछ।

    आइएमएफकी वार्ताकार इभा पेट्रोभाले मध्यपूर्व द्वन्द्वको प्रभावका बाबजुद पाकिस्तानी अधिकारीहरूले अर्थतन्त्र व्यवस्थापन गरेको र कडा नीतिले समष्टिगत आर्थिक स्थिरता कायम राख्न सहयोग पुगेको बताए।

    images

    बढ्दो मूल्यवृद्धि, उच्च ऊर्जा मूल्य र आपूर्ति अवरोधका कारण पाकिस्तानको कमजोर अर्थतन्त्रमा दबाब कायमै रहेको छ । आइएमएफका अनुसार आर्थिक वर्ष २०२६ को पहिलो तीन त्रैमासिकमा पाकिस्तानको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि ४ प्रतिशत रहेको छ भने समग्र आर्थिक वृद्धि ३.६ प्रतिशत रहने अनुमान गरिएको छ।

    पेट्रोभालका अनुसार मेमा उच्च विन्दुमा पुगेको मुद्रास्फीति सेप्टेम्बरमा करिब १०.३ प्रतिशतमा सीमित रहेको छ । उहाँले मुख्य मुद्रास्फीति नियन्त्रणमा रहेको पनि बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार