Oct 28 2026 | २०८३ कार्तिक १२ गते

जसपा नेपालको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल

जसपा नेपालको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल

बिहिवार, आश्विन २२ २०८३
  • काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति जारी रहेको छ । बैठकमा जसपा नेपालको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको छ।

    हिजोदेखि सुरु भएको बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीति प्रतिवेदन प्रस्तुत गरेका थिए । सो प्रतिवेदनमाथि छलफल भइरहेको पार्टीका सचिव शैलेन्द्र साहले बताए।

    images

    छलफलका लागि सात वटा समूह बनाइएका छन् । अहिले सात वटै समूहमा छलफल चलिरहेको छ । हरेक समूहमा एक–एक जना संयोजक छन् । छलफलपछि प्रतिवेदनका बारेमा सातै जना संयोजकले सुझाव राख्ने जनाइएको छ। आएको सुझावको आधारमा प्रतिवेदनलाई संशोधनसहित पारित गरिनेछ।

    बैठकमा सांगठनिक प्रतिवदनमाथि पनि छलफल हुने जनाइएको छ । सो प्रतिवेदनमाथि बोल्न अनिवार्य नगरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

    बैठकमा बुधबार विभाग रोज्न सबैलाई फर्म भर्न लगाइएको र सो फर्म भरेर सबैले बुझाइ सकेका छन् । त्यसको आधारमा छलफल गरेर केन्द्रीय समितिको बैठकले कार्य विभाजन गर्ने बताइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार