काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी कार्यालय च्यासलमा बिहीबार दिउँसो साढे १ बजेदेखि बैठक बसेको हो।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी भएकी छन्।
हालै एमाले केन्द्रीय कमिटीले वरिष्ठ नेतामा मनोनीत गरेपछि भण्डारी पहिलोपटक स्थायी कमिटी बैठकमा सहभागी भएकी हुन्।
राष्ट्रपति बन्नुअघि एमाले उपाध्यक्ष रहेकी भण्डारी करिब ११ वर्षपछि वरिष्ठ नेताका रूपमा एमालेको स्थायी कमिटी बैठकमा सहभागी भएकी हुन्।


