काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर अलग्गै प्रक्रियामा अघि बढेको इतर समूहले दशैँअघि नै सबै क्षेत्रको अधिवेशन सम्पन्न गर्ने दाबी गरेको छ।
समूहका नेता किरणराज पौडेलका अनुसार हालसम्म करिब ८० प्रतिशत वडामा अधिवेशन सम्पन्न भइसकेको छ। अहिले पालिका अधिवेशनहरू सञ्चालन भइरहेका छन् भने दशैँअघि सबै प्रदेश सभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ।
पौडेलले भने, ‘हालसम्म वडाहरूको ८० प्रतिशत अधिवेशन सकेर पालिकाहरूको भइरहेको छ। दशैँअघिसम्म सबै क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न हुनेछ।’


