Oct 28 2026 | २०८३ कार्तिक १२ गते

गगनको सर्वसम्मत सभापति बन्ने सपना अधुरै! राठौरले साथ दिए, तर आफ्नै शिक्षक खड्की मैदानबाट हटेनन्

गगनको सर्वसम्मत सभापति बन्ने सपना अधुरै! राठौरले साथ दिए, तर आफ्नै शिक्षक खड्की मैदानबाट हटेनन्

बिहिवार, आश्विन २२ २०८३
  • काठमाडाैँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई १५औँ महाधिवेशनबाट सर्वसम्मत सभापति बनाउने प्रयास अन्ततः असफल भएको छ। मंगलबार सभापति पदमा श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दिएपछि थापाको सर्वसम्मत बन्ने योजना रोकिएको हो।
     
    राठौरले बुधबार थापाको आग्रहमा उम्मेदवारी फिर्ता लिएर उनलाई समर्थन गर्ने घोषणा गरेका छन्। तर खड्कीले भने सहमतिका लागि पटक–पटक प्रस्ताव आए पनि आफूले स्वीकार नगरेको भन्दै लोकतान्त्रिक प्रतिस्पर्धाबाट पछि नहट्ने स्पष्ट पारेका छन्।
     
    खड्की काठमाडौं–६ का दुई कार्यकाल क्षेत्रीय सभापति भइसकेका नेता हुन्। उनी गगन थापाका पूर्वशिक्षकसमेत हुन्। सामान्यतया राठौर र थापाबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिए पनि खड्कीको उम्मेदवारी कायम रहेपछि कांग्रेसको सभापति चुनाव थप रोचक बनेको छ।
     
    खड्कीलाई उम्मेदवारी फिर्ता गराउन थापा पक्षबाट लगातार छलफल र सहमतिको प्रयास भएको थियो। तर सहमति नजुटेपछि गगन थापा र श्यामकृष्ण खड्कीबीच सभापति पदमा प्रत्यक्ष प्रतिस्पर्धा हुने अवस्था बनेको छ।
     
    यसअघि थापालाई सर्वसम्मत बनाउन पदाधिकारीको संख्या बढाउने प्रयाससमेत भएको थियो। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसालको भने एकल उम्मेदवारी परेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार