काठमाडाैँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले काठमाडौँको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशनविरुद्ध व्यंग्यात्मक कटाक्ष गरेपछि जेनजी अभियन्ता रक्षा बमले कडा टिप्पणी गरेकी छन्।
कांग्रेसले खुलामञ्चमा आइतबार दिउँसो १५औँ महाधिवेशनको उद्घाटन गरेपछि प्रधानमन्त्री शाहले राति आफूलाई गाली गरिएको भन्दै फेसबुकमा आक्रोश पोखेका छन्।
उनले लेखेका छन्, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्।’ यसविरुद्ध नेपाल जेनजी फ्रन्टकी संयोजक बमले सामाजिक सञ्जालबाटै कडा प्रतिवाद गरेकी हुन्।
बमले आइतबार फेसबुकमा लेखेकी छन्, ‘धन्न जेनजीहरूले आन्दोलन गरिदिएर, रगत बगाइदिएर, घाइते/सहिद भइदिएर, सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद हुन पाएका छन्।’
आइतबार महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै कांग्रेस सभापति थापाले प्रधानमन्त्री शाह संसद्मा उपस्थित नहुँदासम्म संसद् खुला भएको मान्न नसकिने बताएका थिए।


