Oct 28 2026 | २०८३ कार्तिक १२ गते

रहेनन् भारतीय अभिनेता नाना पाटेकर

रहेनन् भारतीय अभिनेता नाना पाटेकर

बिहिवार, आश्विन २२ २०८३
  • काठमाडौं । भारतीय दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ।

    भारतको गोवास्थित डोना पाउलास्थित निवासमा बेहोस अवस्थामा भेटिएका पाटेकरलाई तत्काल नजिकैको अस्पताल लगिएको थियो। तर, बिहान ५:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

    images

    एएनआईका अनुसार पाटेकरलाई हृदयाघात भएको थियो। अस्पताल ल्याएपछि चिकित्सकले करिब ४५ मिनेटसम्म उनलाई पुनर्जीवित गर्ने प्रयास गरेका थिए। तर, कुनै प्रतिक्रिया नआएको मणिपाल अस्पतालका ओन्कोलोजी विभागका प्रमुख डाक्टर शेखर सालकरले जानकारी दिए।

    हिन्दी र मराठी सिनेमामा लामो समयदेखि सक्रिय पाटेकरले ‘परिंदा’, ‘क्रान्तिवीर’, ‘अब तक छप्पन’ र ‘वेलकम’ लगायत चलचित्रबाट उनको पहिचान बनेको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार