Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कांग्रेस प्रवक्ता चालिसेले फिर्ता लिए उपसभापतिमा दिएको उम्मेदवारी

कांग्रेस प्रवक्ता चालिसेले फिर्ता लिए उपसभापतिमा दिएको उम्मेदवारी

बिहिवार, आश्विन २२ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले उपसभापतिमा दिएको उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्।

    उनले भनेका छन्– '१५ औ महाअधिवेशनबाट उपसभापति पदमा रहेर पार्टीका लागि काम गर्ने उद्देश्यका साथ मैले उम्मेदवारी दिएको थिए । यसक्रममा देशभरका साथीहरूबाट प्राप्त माया ,विश्वास,समर्थन र हौसला प्रति म ह्रदयदेखि नै आभारी छु । श्रद्धेय पार्टी सभापति गगन कुमार थापाको विशेष आग्रहलाई सम्मान गर्दै मैले आफ्नो मनोनयन फिर्ता गरेको हुँ।

    images

    'उनी थप भन्छन्– 'साथिहरूमा मेरो अनुरोध छ, यो निर्णय बिलकुल पार्टीको एकता, संस्थागत मर्यादा र सामूहिक हित लाई ध्यानमा राखी गरिएको निर्णय थियो । यो निर्णय चुनाव लक्षित छैन र व्यक्ति लक्षित पनि छैन, यसमा साथीहरू स्वतन्त्र हुनुहुन्छ । पार्टी प्रणालीमा सभापतिको राजनैतिक निर्णयको सम्मान गर्नु मैले आफ्नो कर्तव्य ठानेरै यो निर्णय लिएको हुँ।'

    'हामीले पार्टीका लागि केहि गर्न भनेर भूमिका खोजेका हौ । कुनै पनि भूमिका अन्तिम हुँदैनन् र भूमिका आफूले रोज्ने भन्दा पार्टीले खोज्ने प्रणालीले नै पार्टी प्रणालीलाई बलियो बनाउँदछ । पार्टीका जिम्मेबारीहरू प्रतिष्ठा भन्दा परिणामका विषय हुन ।सामूहिक शक्ति र एकताबद्ध प्रयासले मात्र हामीले हाम्रो पार्टीलाई सुदृढ बनाउन सक्दछौ ।' चालिसेले भनेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार