Oct 28 2026 | २०८३ कार्तिक १२ गते

चलचित्र विकास बोर्ड अध्यक्षका लागि ११ उम्मेदवारलाई अन्तर्वार्तामा बोलाइयो, कसको कहिले ?

चलचित्र विकास बोर्ड अध्यक्षका लागि ११ उम्मेदवारलाई अन्तर्वार्तामा बोलाइयो, कसको कहिले ?

बुधवार, आश्विन २१ २०८३
  • काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि आवेदन स्वीकृत भएका ११ उम्मेदवारको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको कार्यक्रम तय भएको छ।

    सञ्चार तथा सूचना मन्त्रालयले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता असोज २५ र २६ गते सिंहदरबारस्थित मन्त्रालयमा हुनेछ।

    images

    असोज २५ गते आइतबार समूह ‘क’ का अमर दीप सापकोटा, जयन्ती ओझा, जेनीस पाहारी र डम्बरबहादुर बुढाथोकी तथा समूह ‘ख’ का दिपा पाण्डे, नरेशकुमार केसी र नरेशकुमार पौड्यालको प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुनेछ।

    त्यस्तै असोज २६ गते सोमबार समूह ‘ग’ का निशा अधिकारी, भगवती कुमारी (मैनाली) उप्रेती, मनिष पण्डित र सुवास कोइरालाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुने मन्त्रालयले जनाएको छ।

    असोज २५ गते पहिलो समूहको कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म र दोस्रो समूहको दिउँसो १ः३० बजेदेखि ३ बजेसम्म हुनेछ। असोज २६ गतेको कार्यक्रम बिहान ९ बजेदेखि ११ बजेसम्म तोकिएको छ।

    उम्मेदवारले तोकिएको समयभन्दा ३० मिनेट अगावै व्यावसायिक कार्ययोजनाको सफ्टकपी र आवेदनसँगै पेस गरेका सम्पूर्ण कागजातको सक्कल प्रतिसहित उपस्थित हुनुपर्नेछ। व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणका लागि १५ मिनेट र बाँकी समय अन्तर्वार्ताका लागि छुट्याइएको सूचनामा उल्लेख छ।

    831117791_2495391017655470_133795120209786692_n

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार