Oct 28 2026 | २०८३ कार्तिक १२ गते

९० दिनमा सकियो सौगात अभिनीत ‘जुबा’को छायाङ्कन

९० दिनमा सकियो सौगात अभिनीत ‘जुबा’को छायाङ्कन

बुधवार, आश्विन २१ २०८३
  • काठमाडौँ । सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘जुबा’को छायाङ्कन सम्पन्न  सकिएको छ । अस्त्र फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रको छायाङ्कन ९० दिनमा पूरा भएको निर्माण टिमले जानकारी दियो।

    चलचित्र नेपालको सर्लाही, दाप्चा, काठमाडौँ र भक्तपुरसँगै भारतको राजस्थानमा छायाङ्कन गरिएको हो।

    images

    अस्त्र फिल्मसको ब्यानरमा निर्मित चलचित्र ‘जुबा’की निर्मात्री सजना थापा हुन् भने सहनिर्माता शेखर पाण्डे हुन्। चलचित्रको कथा तथा निर्देशन प्रकाश कर्णको रहेको छ भने लेखन वर्षा पौडेलले गरेकी छन्।

    चलचित्रमा सौगात मल्लसँगै सोफी धरेल र सुधन पोखरेल मुख्य भूमिकामा छन् । सोफीले यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्दैछिन् । चलचित्रकाे कथावस्तु अहिले गाेप्य राखिएकाे छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार