Oct 28 2026 | २०८३ कार्तिक १२ गते

इजरायलमा रोजगारीको प्रलोभन देखाएर ठगी : थप दुई जना पक्राउ

इजरायलमा रोजगारीको प्रलोभन देखाएर ठगी : थप दुई जना पक्राउ

बुधवार, आश्विन २१ २०८३
  • काठमाडौँ । वैदेशिक रोजगारीका लागी इजरायल पठाउने प्रलोभन देखाएर ठगेको आरोपमा थप दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम  दुरुपयोग गरेर ठगेको आरोपमा यसअघि कांग्रेसका महाधिवेशन प्रतिनिधि भरत चौँलागाईं र बालिका शिवाकोटी पक्राउ परेका थिए।

    सो प्रकरणमा थप दुई जनालाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता (एसएसपी) अनुपम शमशेर जबराले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठ छन् । केयर गिभरको रोजगारीका लागि इजरायलमा पठाउँछौँ भनेर आरोपीहरूले २ करोड ५० लाख ठगी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ।

    images

    दोलखाको कालिन्चोक गाउँपालिका–८ घर भएकी ३२ वर्षीया बालिका शिवाकोटीले आफूले सङ्कलन गरेको रकम मध्ये डेढ करोड रुपैयाँ नगद भरत चौँलागाईंलाई दिएको बयानमा खुलाएकी छन् । चौँलागाईं रामेछापको सुनापति गाउँपालिका–१ का स्थानीय हुन्।

    चौँलागाईं असोज १ मा रामेछापको मन्थलीबाट पक्राउ परेका थिए । वैदेशिक रोजगारीका लागी नेपालबाट इजरायलमा कामदार पठाउन सरकारले सन् २०२४ मा परीक्षा लिएको थियो । लक्की ड्र मार्फत २ हजार ९९ जना छानिएका थिए। त्यतिबेला लक्की ड्रमा नपरेका १५६ जनालाई ‘हामी पठाइदिन सक्छौँ’ भनेर चौँलागाईंको समूहले रकम असुलेको हो। शिवाकोटी पत्रकार हुन्।

    बुधबार ब्युरोले सो प्रकरणमा ठगिनेहरूलाई जाहेरी दिन आह्वान गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार