काठमाडौँ । तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
आज बिहान करिब १०:०० बजे तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले पैदलयात्रीलाई ठक्कर दिँदा एक बालक घाइते भएका थिए।
जिल्ला सल्यान शारदा नगरपालिका –०२ खलङ्गा घर भई हाल जिल्ला दाङ तुलसीपुर उ.म.न.पा. –०५ रानीजरुवामा डेरा गरी बस्ने पप्पु नेपालीका छोरा अंन्दाजी वर्ष २ को आयन नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
उक्त बस र चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।



