Oct 28 2026 | २०८३ कार्तिक १२ गते

गगन थापाको नेतृत्वमा कांग्रेस रूपान्तरण भयो : फरमुल्लाह मन्सुर

गगन थापाको नेतृत्वमा कांग्रेस रूपान्तरण भयो : फरमुल्लाह मन्सुर

बुधवार, आश्विन २१ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले गगन थापाको नेतृत्वमा कांग्रेस रूपान्तरण भएको दाबी गरेका छन्।

    नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विशेष महाधिवेशनमार्फत पार्टी नयाँ गतिमा अघि बढेको विचार व्यक्त गरेका हुन्।

    images

    भदौ २३–२४ पछि पार्टीभित्र र जनतामा देखिएको निराशा तथा आक्रोशलाई सम्बोधन गर्न कांग्रेस नयाँ नीति र नयाँ नेतृत्वका साथ अघि बढेको मन्सुरले बताए। उनले आफूले नै केन्द्रीय कार्यसमितिमा गगन थापालाई प्रधानमन्त्री र पार्टी सभापतिको ‘फेस’ बनाएर जनतामाझ लैजानुपर्ने प्रस्ताव राखेको स्मरण गरे।

    १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले सभापति गगन थापालाई कांग्रेसको भरोसायोग्य नेता र पार्टीलाई भरपर्दो राजनीतिक शक्तिका रूपमा स्थापित गरेको उनको भनाइ छ। सभापति थापाले अघि सारेका एजेन्डालाई कार्यान्वयन गर्दै कांग्रेसले खोजेको रूपान्तरणलाई संस्थागत गर्न आफ्नो भूमिका महत्त्वपूर्ण हुने उनले स्पष्ट पारे।

    उनले भने, ‘२३–२४ भदौपछि जनता र कांग्रेसबिच निराशा तथा आक्रोशको अवस्था थियो, त्यो बेला नेपाली कांग्रेस नयाँ नीति र नयाँ नेता लिएर जानुपर्छ भनेर मैले केन्द्रीय कार्यसमितिमा कुरा राखेको थिएँ। त्यो भावना अगाडि बढेर विशेष महाधिवेशनबाट कांग्रेस रूपान्तरित भयो, नयाँ विचारको स्थापना भयो। १५औँ महाधिवेशनबाट ल्याइएका कार्यक्रम र नीतिलाई कार्यान्वयन गर्न मेरो अहम् भूमिका रहनेछ।’

    नेपाली कांग्रेसमा आफूले जीवन समर्पित गरेको र राजनीतिमा सधैँ इमानदारीपूर्वक लागेको उल्लेख गर्दै मन्सुरले १५औँ महाधिवेशनमा उपसभापति पदका लागि समावेशी समूहबाट उम्मेदवारी दिएको जानकारी दिए। पार्टीले अघि सारेका नीति तथा कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गर्न आफ्नो उम्मेदवारी रहेको उनले बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार