Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नयाँ पुस्ताको जोस र पुरानाको अनुभवले कांग्रेस सशक्त बन्छ : सुरेन्द्रराज पाण्डे

नयाँ पुस्ताको जोस र पुरानाको अनुभवले कांग्रेस सशक्त बन्छ : सुरेन्द्रराज पाण्डे

बुधवार, आश्विन २१ २०८३
  • काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले पार्टीलाई नयाँ पुस्ताको जोस-जाँगर र पुरानो पुस्ताको अनुभव मिलाएर अघि बढाउनुपर्ने बताएका छन्।

    नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नयाँ र पुरानो पुस्ताको संयोजनले मात्र कांग्रेसलाई फेरि सशक्त, गतिशील र आगामी चुनौतीहरू सामना गर्न सक्ने बनाउने विचार व्यक्त गरेका हुन्।

    images

    कांग्रेसको अधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिएका पाण्डेले पार्टीभित्रका सबै पक्षलाई समेटेर एकताबद्ध बनाएर लैजानु अहिलेको प्रमुख आवश्यकता भएकोमा जोड दिए। उनले भने, ‘अहिले हामीले पार्टीलाई नयाँ पुस्ताको जोस-जाँगर र पुराना साथीहरूको अनुभवलाई संयोजन गरेर नेपाली कांग्रेसलाई फेरि सशक्त, गतिशील र आगामी दिनको चुनौती सामना गर्न सक्ने पार्टी निर्माण गर्नुपर्ने अवस्था छ।’

    आफूले लामो समयदेखि पार्टी तथा भ्रातृ संगठनमा निरन्तर काम गर्दै आएको प्रसङ्ग उल्लेख गर्दै पाण्डेले आफ्ना एजेन्डा र उम्मेदवारीलाई सहयोग गर्न सबैलाई आग्रह गरे।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार