काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबारको बन्द सत्र अझै सुरु हुन सकेको छैन । बिहान साढे १० बजेका लागि बोलाइएको बन्द सत्र १२ बजेपछि मात्रै सुरु हुने सम्भावना छ।
महाधिवेशन प्रतिनिधिहरूले खाना खाइसकेपछि बन्द सत्र सुरु गर्ने तयारी गरिएको हो । बन्द सत्रमा पार्टीका चारवटा प्रतिवेदन पेस गरी पारित गर्ने कार्यसूची रहेको छ।
मिडिया सेन्टरका अनुसार बन्द सत्र सबै प्रतिनिधिका लागि खुला गरिनेछ । बन्द सत्रमा पार्टी सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदनलगायत चार प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तयारी छ।



