काठमाडौँ । नेपाली कांग्रेसको आगामी कार्यकालका लागि उम्मेदवारी दिएकाहरू माथि दाबी विरोध गर्ने कार्यक्रम सुरु भएको छ।
निर्वाचन समितिले बुधबार बिहान १० देखि १२ बजेसम्म उम्मेदवार दिएकाहरू माथि दाबी विरोध गर्न सकिने सूचना प्रकाशित गरिएको थियो । त्यही अनुरुप दावी विरोध गर्ने क्रम सुरु भएको निर्वाचन समितिले जानकारी दिएको छ।
दाबी विरोधको क्रम सकिएपछि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने तयारी भइरहेको निर्वाचन समितिले जानकारी दिएको छ।
निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले धेरै गुनासा आएकाले दाबी विरोध गर्न र त्यसपछि संयोजन गर्न समय लाग्ने बताए । निर्वाचन समितिका अनुसार भोलि बिहानदेखि नयाँ कार्यसमिति चयनका लागि मतदान हुनेछ।



