Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सोमबारसम्म बेनी–जोमसोम–कोरला सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी

सोमबारसम्म बेनी–जोमसोम–कोरला सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी

बुधवार, आश्विन २१ २०८३
  • काठमाडौँ । बाढीपहिरोका कारण अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडक खण्ड पुनः सञ्चालनमा ल्याउने काम अन्तिम चरणमा पुगेको छ । गत असोज ८ देखि ११ गतेसम्म परेको वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढी र विभिन्न स्थानमा खसेको पहिरोले सडकका ५० भन्दा बढी स्थानमा यातायात अवरुद्ध भएको थियो।

    पूर्वाधार विकास मन्त्रालयका अनुसार म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ कुनौटा र अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरबाहेक अन्य सबै स्थानमा पहिरो पन्छाएर सडकको ट्रयाक खोल्ने काम सम्पन्न भइसकेको छ।

    images

    अहिले कुनौटा र पोखरेबगरमा तीव्र गतिमा काम भइरहेको छ । पोखरेबगरमा कालीगण्डकी नदीले बगाएको पुलको एप्रोच सडक मर्मतका लागि ग्याबियन टो–वाल निर्माण गरी माटो भर्ने काम भइरहेको छ भने कुनौटामा एक्साभेटर प्रयोग गरी अवरुद्ध ट्रयाक खोल्ने काम जारी छ।

    मन्त्रालयले सडक स्तरोन्नतिको कामलाई समेत निरन्तरता दिँदै आगामी सोमबारसम्म उक्त सडक खण्डमा सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार