काठमाडौँ । नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापतिमा कृष्णबहादुर कार्की निर्वाचित भएका छन्। बिहीबार भएको निर्वाचनमा कार्कीले ६४६ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी केशव गिरीलाई ५२० मतान्तरले पराजित गरेका हुन्।
गिरीले १२६ मत प्राप्त गरे । निर्वाचन अधिकृत विकास थापाका अनुसार कुल ८९८ मतदातामध्ये ७९७ मत खसेको थियो। उपसभापति (महिला) मा श्रुति शर्मा ४९५ मतसहित निर्वाचित भइन् । उनकी प्रतिस्पर्धी कृष्णाकुमारी साहले २२९ मत प्राप्त गरिन्।
जिल्ला कार्यसमिति सदस्य (महिला) मा सावित्रा पोखरेल र उमा घिमिरे निर्वाचित भए। यस्तै, खुलातर्फ ज्ञानेश्वर नेपाल, सुमन प्रसाईं र सुरेन्द्र भट्टराई (सुगल) विजयी भएका छन्।



