Oct 28 2026 | २०८३ कार्तिक १२ गते

‘जिबी राई सत्तापक्षीय सदस्यहरूसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस्’

‘जिबी राई सत्तापक्षीय सदस्यहरूसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस्’

बिहिवार, आश्विन १५ २०८३
  • काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारको पछिल्लो कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्।

    प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्रीले संसद्‌लाई पूर्वजानकारी नदिई विदेश भ्रमण गरेको, बाढी-पहिरो पीडितको राहतमा ढिलासुस्ती गरेको र सुशासनका नाममा केवल स्टन्टबाजी मात्रै गरेको भन्दै सरकारको तीव्र आलोचना गरेका हुन्।

    images

    संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्रीले उठाएका एजेन्डाहरू सकारात्मक भए पनि भ्रमणको पूर्व र उत्तरार्धमा संसद्‌लाई कुनै जानकारी नदिएर व्यवस्थापिकाको अपमान गरिएको आरोप प्रमुख सचेतक दुलालले लगाए। हालैको बाढी-पहिरोका कारण ज्यान गुमाएका र बेपत्ता नागरिकहरूको अवस्थाप्रति सरकार सर्वथा उदासीन बनेको उनको भनाइ छ।

    बेपत्ता भएकाहरूलाई तत्काल मृतक सरहको कानुनी हैसियत प्रदान गरी परिवारलाई राहत उपलब्ध गराउन र पुनर्जागरण तथा पुनःस्थापनामा गम्भीर बन्न उनले सरकारसमक्ष माग गरे। राहत सामग्री गोदाममै थन्किएको र कोषको रकम खर्च हुन नसकेको भन्दै प्रशासनिक ढिलासुस्तीप्रति उनले तीव्र रोष प्रकट गरे।

    भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा बोल्दै उनले अघिल्लो सरकारको पालामा सुशासनको महाअभियान सुरु गरेर ठुला भ्रष्टाचारका फाइल खोलिएकै कारण सो सरकार ढालिएको जिकिर गरे। सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका गितेन्द्रबाबु (जिबी) राईलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन पनि उनले सरकारलाई दबाब दिए।

    संसद्‌मा बोल्दै प्रमुख सचेतक दुलालले भने, ‘यदि सरकार साँच्चै भ्रष्टाचारीलाई कारबाही गर्न चाहन्छ भने बलिया आधारसहितका फाइलहरू खोलोस्, न कि स्टन्ट देखाएर जनतालाई भ्रममा राखोस्।’

    पछिल्लो समय सर्वसाधारण नागरिकले महँगी, बेरोजगारी र आधारभूत सेवामा भोग्नुपरेका समस्याबारे सरकार पूर्णतः मौन बसेको आरोप उनले लगाए। रसुवा र कोरला लगायतका उत्तरी नाकाहरू बन्द रहँदा चाडपर्वको मुखमा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको उल्लेख गर्दै उच्चस्तरीय कूटनीतिक पहल गरी ती नाकाहरू तत्काल खुलाउन उनले माग गरे।

    यसका साथै सरकारले सञ्चार माध्यमलाई नियन्त्रणमा राख्न खोजेको र सांसदहरूको स्तर निर्धारण गर्ने जस्ता अलोकतान्त्रिक कार्यले स्वयं प्रधानमन्त्रीकै साख गिराउने चेतावनी उनले दिएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार